Follow us: Youtube Android App
दशैंको मुखमा भारत फर्किनेको नाकामा भीड
११ असोज २०७७

कैलाली । २० बर्षसम्म भारत बसेका बझाङको बुंगल नगरपालिका– १ डौडका रामहरि रोकायाले एकाधबाहेक दशैं र तिहार गाउँमा परिवारका सदस्यसँगै मनाए ।


अरु बेलामा कामका लागि बाहिर गए पनि दशैं तिहारका बेला भने घरै आइपुग्थे । तर यस वर्ष दशैं सुरु हुन एक महिना पनि बाँकी नहुँदा उनी भारत जाँदैछन् ।‘दसैँमा खर्च बढी हुन्छ । त्यो अनुसारको आम्दानी छैन’ उनले भने ‘यहाँ बसेर दुखी हुनुभन्दा कमाउन हिँडेको ।’ आर्थिक संकट बढ्दै गएपछि पर्वकै मुखमा परदेश जानुपरेको पीडा उनले सुनाए ...

समाचार स्रोत :