Follow us: Youtube Android App
त्रिविमा परीक्षाको लहर : कोरोना संक्रमित परीक्षार्थीलाई अलग्गै राखिने
५ मंसिर २०७७

त्रिभुवन विश्वविद्यालयले आठ महिनादेखि रोकिएका परीक्षा धमाधम लिन थालेको छ । कोभिड–१९ संकटकैबीच स्वास्थ्य सावधानी अपनाउँदै परीक्षा नियन्त्रण कार्यालय तथा डिन कार्यालयले परीक्षा सञ्चालन गर्न लागेका हुन् ।


कोरोना संक्रमण भएका, तर केन्द्रमा पुगेर परीक्षा दिन सक्ने अवस्थाका परीक्षार्थीलाई अलग्गै राखेर परीक्षा दिने व्यवस्था मिलाइएको छ । यस्तै, केन्द्रमा पुग्न नसक्ने परीक्षार्थीलाई प्रमाणका आधारमा पछि परीक्षा लिने व्यवस्था पनि गरिएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २८ मंसिरदेखि स्नातक तहको विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र संकाय चौथो वर्षका परीक्षा सञ्चालन गर्दै छ ...

समाचार स्रोत :