काठमाडौं : करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी फेरि खुलेको छ। रोजगारी खुलाउन नेपाल र इजरायलबीच बिहीबार सम्झौता भएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार पहिलो चरणमा पाँच सय जना नेपाली इजरायल जान पाउनेछन्। ‘इजरायल पठाउन कार्यविधि बनाउँदै छौं’, उनले भने,‘छनोट विधि बनाएर छिट्टै कामदार पठाउनेछौं।’विभागले यही जनवरीदेखि प्रक्रिया सुरु गर्नेछ। कामदार प्रतिस्पर्धाका आधारमा छनोट हुनेछन्। तीन महिनाभित्रै कामदार इजरायल पठाउनेगरी विभागले गृहकार्य सुरु गरेको महानिर्देशक दाहालले बताए। सरकार टु सरकार (जीटुजी) मार्फत कामदार इजरायल जान पाउनेछन् ...