Follow us: Youtube Android App
सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला बनाउने परियोजनामा अनियमितताको आरोप
२४ चैत्र २०७७

काठमाडौं । वागमती प्रदेशका ४९ सरकारी विद्यालयमा स्मार्ट बोर्डसहितको सूचना प्रविधि प्रयोगशाला बनाउने परियोजनामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।

प्रयोगशालामा प्रयोग हुने प्रविधि एकै सप्लायर्सबाट खरीद गर्न प्रदेश सरकार अन्तर्गतको शिक्षा विकास निर्देशनालयले दबाब दिएको तथा सार्वजनिक खरीद ऐनको प्रतिस्पर्धालाई निरुत्साहित गरिएको उजुरीमा उल्लेख छ ।

प्रदेशका ४९ विद्यालयलाई प्राइम सफ्ट सर्भिसेस् नामक कम्पनीको सामान खरीद गराउन र सोही कम्पनीलाई ठेक्का दिलाउन चलखेल भएको दाबी उजुरीमा छ । निर्देशनालयले तोकेको स्पेसिफिकेसनका कारण परियोजनाको आधा रकम खर्च हुने (अल इन वान स्मार्ट डिभाइस) इन्ट्रिगे्रटेड सीपीयू विथ प्रोजेक्टर डिभाइस एउटै कम्पनीको प्रयोग हुने र ठेक्का प्रक्रियामा अरू कम्पनीले भाग लिनै नपाउने अवस्था सृजना गरिएको उजुरीमा उल्लेख छ ...

समाचार स्रोत :