Follow us: Youtube Android App
तनावबीच यसरी मनाइयो पृथ्वी जयन्ती, तस्विरमा हेर्नुहोस्
२७ पुष २०७७

सोमबार २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि.सं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।


पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमबार काठमाडौँ लगायत देशका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको छ । यही क्रममा सिंहदरबारको सामुन्ने रहेको पृथ्वीनारायण शाहको शालिकमा मनाइएको पृथ्वी जयन्तीका तस्विरहरु यहाँ प्रस्तुत गरिएको छ । शालिकमा बाजागाजासहित माल्यार्पण गर्न पुगेकाहरुलाई प्रहरीले रोकेपछि केही बेर तनावसमेत भएको थियो ...

समाचार स्रोत :