Follow us: Youtube Android App
६ वर्षपछि भाइटीकामा खुल्दै,रानीपोखरी
१५ कात्तिक २०७८

६ वर्षपछि पहिलोपटक यसपालि भाइटीकाको दिनमा रानीपोखरी खुल्ने भएको छ । भाइटीकाको दिनमा खुले पनि छठमा भने बन्द रहने काठमाडौं महानगरपालिकाले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरिसकेकाले ६ वर्षपछि भाइटीकाका दिन रानीपोखरी खुल्न लागेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल समाचारपत्रसँग कुरा गर्दै यो वर्ष व्यवस्थित रूपमा दर्शन र टीकाको कार्यक्रम गर्ने गरी एक दिनका लागि रानीपोखरी खुला गर्न लागिएको जानकारी दिनुभयो । रानीपोखरी परिसरलाई सौन्दर्यीकरण गर्न थप गृहकार्य भइरहेको बताउँदै उहाँले भन्नुभयो– ‘राजधानीको बीच भागमा रहेको रानीपोखरीले राजधानीको परिचय दिने भएकाले यसलाई थप सुन्दर पारेर मात्र खुला गर्ने तयारीमा छौं ।’

दिदीबहिनी नभएकाले भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा टीका लगाउने प्रचलन छ । विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले रानीपोखरीलाई पूर्णरूपमा क्षति पु-याएको थियो । पुनर्निर्माण पूरा नभएका कारण अघिल्लो वर्ष रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बाहिरै टीका लगाइएको थियो ।कामपाको स्वामित्वमा रहेको रानीपोखरी पुनर्निर्माण गर्ने विषयमा पुरातत्व विभाग र कामपाबीच विवाद भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएको थियो । प्राधिकरणले काम शुरु गरेको करिब तीन वर्षमा पुनर्निर्माण सम्पन्न गरेको छ ।काम सम्पन्न गरे पनि हालसम्म प्राधिकरणले स्वामित्व हस्तान्तरण नगरेको मेयर शाक्यको भनाइ छ । उहाँका अनुसार स्वामित्व हस्तान्तरण नगरेको कारण बाँकी काम गर्न र छठमा खुला गर्न समस्या परेको हो ...

समाचार स्रोत :