Follow us: Youtube Android App
राम-सीताको पूजापछि ओलीले भने- 'माडी कुरूक्षेत्र हैन धार्मिक क्षेत्र हुन्छ'
१६ कात्तिक २०७८

चितवन — नेकपा(एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगलबार चितवनको माडी पुगेर आफैँले घोषणा गरेको रामजन्मभूमिमा हिन्दु परम्परा अनुसार राम-सीताको पूजा गरेका छन् ।


प्रधानमन्त्री रहेकै बेलामा तयार पारिएका मूर्तिहरू यसै वर्षको दसैंको रामनवमीमा माडी-९ बगइ नजिकै अस्थायी मन्दिर बनाएर राखिएको थियो। "यहाँ राम-सीता लक्ष्मणका मूर्ति छन् । हात जोडेर बसेका हनुमानको मूर्ति छ । हनुमान सधैँ हात जोडेर मात्रै बस्दैनन् । गदाहा पनि उठाउँछन् । हनुमानको गदाह देखेर पापीहरू आत्तिन्छन् । अहिले केही आत्तिन थालिसके सके" नेता ओलीले भने ।

गठबन्धन दलका नेताहरूलाई लक्षित गर्दै नेता ओलीले यस्तो टिप्पणी दिएका थिए । यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै माडीलाई तपोभूमिको रुपमा विश्वभर चिनिने भन्दै अब यस ठाउँ मणि बन्ने बताए ...

समाचार स्रोत :