Follow us: Youtube Android App
धर्म परिवर्तनले दाजुभाइ नै पराई
२२ कात्तिक २०७८

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुकी क्रिश्चियन धर्मावलम्बी ईश्वरा राईको ७४ वर्षको उमेरमा बिहीबार राती मृत्यु भयो । उनी २८ साउन २०७७ मा क्रिश्चियन बनेकी थिइन् । कारण, माइलो छोरा पञ्चराम र बुहारी सुनिता राई दशकदेखि नै क्रिश्चियन धर्मावलम्बी बनेका थिए ।

२०५९ सालदेखि उदयपुरको कटारी रिस्कुमा बसिरहेका जेठो छोरा विशाल, बुहारी विचारी र सुनिता तथा कान्छो छोरा होमनाथ (मृत्यु भइसकेको) र बुहारी सिर्जनाको परिवार भने हिन्दु धर्म मान्दैआएका थिए । ईश्वराको मृत्युपछि भने एकै परिवारको दाजुभाइबीचमा सांस्कृतिक विभाजन देखा परेको छ । क्रिश्चियन बनेका कारण ईश्वराको मृत्यु संस्कार सोही धर्मको नीति अनुसार शुक्रबार गरिए भने हिन्दु धर्ममा आधारित परम्परा मान्दैआएका जेठो छोराको उपस्थिति औपचारिकताका लागि मात्र रह्यो ।

विशालले आमाको मृत्युको खबर भाइ पञ्चरामबाट राती नै पाएका थिए । रातारात गरेर उनी कटारीबाट आमाको दाहसंस्कारका लागि च्यास्मीटार दाल्फु पुगे । तर, आमाको दाहसंस्कारका क्रममा उनको भूमिका गौण रह्यो । जन्म दिएर दश धारा दूध चुसाएर हुर्काउने आमाको निधनमा उनले केश काट्न परेन, दुःख बगाउन पाएनन् ...

समाचार स्रोत :