Follow us: Youtube Android App
बंगलादेशबाट ५० हजार टन युरिया कात्तिकमा भित्रने, ८ महिनामा पैँचो तिर्नुपर्ने
७ असोज २०७७

नेपाल सरकारले बंगलादेशबाट सापटीमा ५० हजार टन युरिया मल ल्याउने पक्का भएको छ । बंगलादेशले ५० हजार टन युरिया पैँचोमा दिन लिखित पत्राचार गरिसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।


‘बंगलादेशले चितगाउँ बन्दरगाहबाट ५० हजार टन युरिया दिने लिखित सहमति जनाइसकेको छ । उसले त्यहाँको कुन कम्पनीलाई सम्पर्क गरेर दिने भनेर पनि खुलस्त पारेको छ,’ केसीले भने, ‘बंगलादेशले सहमति दिएपछि कृषि सामग्रीले ढुवानीका लागि टेन्डर पनि खोलिसकेको छ ।’ पैँचो मल ल्याउन मन्त्रालयमातहतको कृषि सामग्री कम्पनी लिमिटेडले एक हप्ताको समय राखेर गत शनिबार नै टेन्डर खोलिसकेको छ ...

समाचार स्रोत :