Follow us: Youtube Android App
कात्तिकमा लकडाउनयताकै धेरै पर्यटक भित्रिए
४ मंसिर २०७७

काठमाडौं । नेपालमा लकडाउन शुरु भएयता कात्तिकमा सर्वाधिक संख्यामा पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार कात्तिक महिनामा मात्र २ हजार ९ जना विदेशी नागरिक नेपाल आए ।


नेपालमा हवाई मार्गबाट भित्रिएका जुनसुकै प्रयोजनमा भित्रिएका विदेशी नागरिक समेत पर्यटक गनिन्छन् । एक महिनामा १३७० जना पुरुष र ६३९ जना महिला पर्यटक नेपाल आएका छन् । सरकारले १७ अक्टोवरबाट पर्यटकलाई घुमफिरमा आउन खुला गरेको थियो । त्यसअगाडी नै पर्वतारोहण र पदयात्रामा आउने पर्यटकलाई संस्थागत रुपमा सिफारिस लिई नेपाल आउने ढोका खुलेको थियो ...

समाचार स्रोत :