Follow us: Youtube Android App
होटल उद्योगको जगेर्ना गर्न सरकारसँग आग्रह
२९ माघ २०७७

होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) ले कोभिड–१९ का कारण प्रभावित बनेको होटल क्षेत्रको समस्याबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई भेटी सहजीकरणका लागि पहल गरिदिन अनुरोध गरेको छ ।


     
हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको प्रतिनिधि भण्डलले सिंहदरबारमा पर्यटनमन्त्रीसँग भेटगरी होटल उद्योगको जगेर्नाका लागि पहल गरिदिन अनुरोध गरेको हो । सरकारले बिजुलीको डिमान्ड शुल्क छुट दिने निर्णय गरे पनि पर्यटन क्षेत्रलाई नसमेटेकामा हानले चिन्ता व्यक्त गर्दै त्यसका लागि पहल गरिदिन पर्यटनमन्त्रीसँग अनुरोध गरेको हानले जनाएको छ ।
     
सो अवसरमा पर्यटनमन्त्री ढकालले व्यवसायीले उठाएको समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ...

समाचार स्रोत :