एकदशक अघिसम्म पश्चिम नवलपरासीमा ३२ लाख क्विन्टल उखु उत्पादन हुन्थ्यो । जिल्लाका तीनवटा चिनी उद्योगले तीनमहिना लगातार उखु क्रसिङ गर्थे । करिब २ लाख ८८ हजार क्विन्टल चिनी उत्पादन हुन्थ्यो । तर चिनी उद्योगीको लगातारको दादागिरी र सरकारी उदासिनताले अहिले उखु किसानलाइ मात्रै हैन चिनी उद्योगलाइ पनि धरासायी बनाएको छ । उद्योगीको दादागिरीबाट आजित भएका किसानले उखु खेती मासेका छन् । भएकाले पनि उद्योगलाइ उखु दिनै छाडेका छन् ।
जसका कारण यहाँका तीनवटा चिनी मिल संचालन हुन सकिरहेका छैनन् । सुस्तामा रहेको बाग्मती सुगर मिलले मंसिर दोश्रो साता देखि क्रसिङ सुरु गरेको थियो । तर प्रयाप्त उखु नपाएपछि एकसाता नहुँदै मिल बन्द गरियो । क्रसिङको सूचना किसानका घरघरै पु¥याउदा पनि अधिकाँश किसानले भेली उद्योगलाइ उखु बेचिदिए । उखु नै नपाएपछि उद्योग नियमित रुपमा चलाउन नपाएको बाग्मती सुगर मिलका महाप्रबन्धक टंकनाथ काफ्लेले बताए ।
दैनिक १५ हजार क्विन्टल उखु क्रसिङ क्षमताको उद्योगले तीन महिनामा जम्मा २ लाख ४५ हजार क्विन्टल क्रसिङ गरेको छ । पोहोर यो उद्योगले ७ लाख ७० हजार क्विन्टल क्रसिङ गरेको थियो । ‘यसपाली उखु प्रयाप्त नपाएपछि उद्योग बन्द गर्दै चलाउँदै गरेका छौं,’ महाप्रबन्धक काफ्लेले भने । उनका अनुसार पूर्ण क्षमतामा उद्योग चलाउन नपाउँदा उत्पादन लागत बढ्छ ...