Follow us: Youtube Android App
डेढ वर्षपछि पर्यटकका लागि नेपाल खुला
८ असोज २०७८

काठमाडौं । सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो । यो निर्णयलाई संशोधन गर्दै सरकारले अनअराइभल भिसा खुला गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ बिहीवार सार्वजनिक गर्दै अनअराइभल भिसा खुला गरेको बताएको छ । आदेश राजपत्रमा प्रकाशित भएपछि मात्रै लागू हुनेछ । सरकारको यो निर्णयसँगै अब विदेशी पर्यटकले नेपाल आउँदा होटेल क्वारेन्टाइन बस्नु नपर्ने र विमानस्थलबाट सीधै भिसा पाएर गन्तव्यमा जान पाउनेछन् ।

यसका लागि सरकारले केही शर्तहरू भने तोकेको छ । उक्त आदेशअनुसार कोभिड–१९ विरुद्ध खोपको मात्रा पूरा गरेका नागरिकलाई मात्रै यस्तो भिसा दिइनेछ । अनअराइभल भिसाका लागि नेपाल आउने पर्यटकले नेपालको अध्यागमन प्रवेश विन्दुमा भिसाका लागि आवेदन दिनुपर्नेछ । आवेदन दिँदा उनीहरूले कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, हवाई उडानका लागि चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गर्नुपर्नेछ ...

समाचार स्रोत :