Follow us: Youtube Android App
भित्र्याउने बेला वर्षाले बिगार्‍यो धान
२ कात्तिक २०७८

किसानले मानो रोपी फलाएको मुरी धान वर्षाले खेतमै नष्ट पारेको छ। काटेर सुकाएको पाकेको बाली झरीले बिगारेको हो। जबकि खलियानमा राख्नसम्म पनि पाएनन्। भोलि बिहान भित्र्याउन भनेर अघिल्लो दिन दिउँसो काटेको बाली राति परेको पानीले बर्बाद बनाएको किसान मोहम्मद अबरार खानले सुनाए।

‘हाम्रो क्षेत्रमा ५० प्रतिशतभन्दा बढी धान बालीमा क्षति पुगेको छ’, रुपन्देहीको रोहिणी गाउँपालिकाका खानले भने, ‘कसैले काटेर खेतमा सुकाएको धान बाली डुबेको छ। कसैको वर्षाले पूरै बाली ढलेको छ।’

उनका अनुसार जमिन सुक्न नपाएका कारण किसानहरू ठूलो कम्पाइन मेसिन लगाएर बाली काट्ने प्रतीक्षा गरिरहेका थिए। उक्त बालीसमेत वर्षाका कारण ढलेर डुबेको उनले सुनाए...

समाचार स्रोत :