विराटनगर । कोशी प्रदेशमा लम्पी स्किन रोगबाट एक महिना अगाडि ३ हजार ६ सय १४ वटा पशु चौपाया मरेका थिए । यो सङ्ख्या एक महिनामा बढेर ६ हजार ६ सय ८६ पुगेको छ ।
कोशी प्रदेश पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय विराटनगरले दिएको जानकारी अनुसार साउन १८ गतेसम्ममा ६ हजार ६१४ वटा गाई/गोरु र ७२ वटा राँगा भैँसी मरेका छन् ।
निर्देशनालयका निमित्त निर्देशक डा.पशुपति ढुंगानाका अनुसार कोशी प्रदेशमा हालसम्म २ लाख ३७ हजार ४२१ वटा पशुचौपाया प्रभावित भएका छन् । यस्तै प्रदेशमा हालसम्म १ लाख ३२ हजार ३४९ वटा पशुचौपायालाई खोप लगाइएको छ ...