एजेन्सी । रोगबाट बचाउनेदेखि बौद्धिक क्षमतामा सुधार ल्याउने, तनाव घटाउने, तौल नियन्त्रित गर्नेलगायत सबै स्वास्थ्य समस्याको एकदमै सजिलो उपाय छ भन्दा धेरैलाई पत्याउन गाह्रो हुन सक्छ ।
किनकि हामीलाई थाहा भएअनुसार यसका लागि उचित डायट, शारीरिक अभ्यासका कार्यक्रम, योग, ध्यानलगायत आवश्यक पर्दछ । तर अनगिन्ती अध्ययन अनुसन्धानहरुपछि यी सबै शारीरिक एवम् मानसिक लाभ हासिल गर्नका लागि केबल राम्ररी निद्रा पुर्याउन मात्र जरुरी रहेको प्रमाणित भएको छ । शारीरिक, भावनात्मक र मानसिक स्वास्थ्य सबैको एक मात्र औषधि निद्रा नै रहेको विज्ञहरुले धेरैपटक बताइसकेका छन्...