Follow us: Youtube Android App
थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १२७
२९ साउन २०७७

काठमाडौं । कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ भने ५२५ जना संक्रमित थपिएका छन् ।


यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । उनीहरुमध्ये ९६ जनाको मृत्यु भएको छ भने १६ हजार ८३७ जना निको भएका छन् । धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार राति मृत्यु भएको छ । अछामको रामारोशन नगरपालिका–५ का १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ...

समाचार स्रोत :