विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का विशेषज्ञले कोरोनाविरुद्ध एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको खोपको प्रयोग बढाउन सिफारिस गरेका छन्।
बुधबार उनीहरूले खोपको नकारात्मक असर (साइडइफेक्ट) को तुलनामा फाइदा बढी देखिएको बताएका हुन्।
एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको कोरोना खोप भारतले कोभिसिल्ड नाममा उत्पादन गरिरहेको छ र नेपाललाई पनि १० लाख डोज निःशुल्क उपलब्ध गराएको छ। जुन अहिले देशभर लगाउने क्रम जारी छ।
स्ट्राटेजिक एडभाइजरी ग्रुफ अफ एक्सपर्ट्स (एसएजीई) ले आफ्नो सिफारिमा भनेको छ- डब्ल्यूएचओद्वारा समीक्षा गरिएको तथ्यांकले यस कुराको पुष्टि गर्छ ...