Follow us: Youtube Android App
दृष्टिविहीनलाई देख्दैन सिंहदरबार
२४ कात्तिक २०७८

काठमाडौँ — तिहारअघिको एक दिउँसो, दृष्टिविहीन कपिल विक ७ वर्षका छोराको सहाराले सिंहदरबार पुगेका थिए । डोटी पूर्वीचौकीका उनी आफ्ना प्रतिनिधि पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई भेट्न चाहन्थे । तर मन्त्रीकक्षमा नेता, कार्यकर्ता र शुभेच्छुकको भीड भएकाले उनी पनि अलमलिए ।

पातलो टिसर्ट, सुरुवाल र फाटेको म्याजिक चप्पल लगाएका छोरा प्रसिद्धले बाबुलाई कुनाको सोफामा बसाए, बाबुले पनि छोरालाई काखमा राखे ।

सानोठिमीबाट १२ बजे निस्किएका कपिल एउटा हातले छोरा र अर्को हातले सेतो छडी समात्दै करिब १ बजे सिंहदरबार आइपुगेका थिए । दुई घण्टाको प्रतीक्षापछि मन्त्री कार्यकक्षमा आइपुगे । ‘मन्त्रीज्यू नमस्कार π’ ‘मन्त्रीज्यू बधाई छ π’ भीडको आवाज गुन्जिएपछि ३० वर्षीय कपिलले पनि मन्त्री आइपुगेको मेसो पाए । उनी पनि सजग भए । मन्त्री पनि भित्र नपस्दै बैठक कोठामै पालैपालो आगन्तुकलाई भेट्न थाले ...

समाचार स्रोत :