Follow us: Youtube Android App
आजदेखि १२ वर्षमाथिका बालबालिकालाई पनि कोरोना खोप
२८ कात्तिक २०७८

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका दीर्घरोगबाट पीडित किशोर-किशोरीलाई लक्षित गरेर आज (आइतबार) देखि फाइजर बायोएनटेक खोप अभियान सञ्चालन गर्दै छ।

कोरोना भाइरसविरुद्ध फाइजर बायोएनटेकको ५० हजार डोज खोप १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई लगाउन लागिएको सरकारले जनाएको छ।

यो खोपको पहिलो मात्रा आजदेखि मंसिर ४ गतेसम्म लगाउने योजना छ। सरकारले तोकेका देशभरका २४ अस्पतालमा गएर यो खोप लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ...

समाचार स्रोत :