Follow us: Youtube Android App
सजग हुनुपर्छ फाइजर खोप लगाउँदा
२८ कात्तिक २०७८

काठमाडौँ, कात्तिक २८ गते । नेपालमा १२ वर्षमाथिका बालबालिकाले समेत लगाउन मिल्ने फाइजर खोप आइतबारबाट लगाउन सुरु गरिँदै छ । विश्वका १३२ मुलुकका नागरिकले लगाइसकेको फाइजर खोप नेपालमा भने पहिलो पटक लगाउन लागिएको हो । यो खोप दीर्घरोगी बालबालिकालाई लक्षित गरी लगाउन लागिएको हो । कोरोना भाइरसविरुद्ध विश्वमै पहिलो पटक उत्पादन भएको फाइजर खोप नेपालमा बिल्कुलै नयाँ भएकाले यसबारे केही तथ्यहरू जान्नैपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले कोरोनाविरुद्धको फाइजर खोपको प्रयोग तथा सञ्चालनसम्बन्धी मार्गदर्शनसमेत सार्वजनिक गरेको छ । फाइजर खोपले ज्वरो आउने, बान्ता हुने, खोप लगाएको व्यक्ति बेहोशसमेत हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यसबारे खोप लगाउने व्यक्ति पहिल्यै सजग हुनुपर्ने जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको मार्गदर्शनमा खोपको भण्डारण, म्याद गुज्रिने अवधि, ढुवानी गर्दा कायम गर्नुपर्ने तापक्रम, खोपको प्रयोग, खोप लगाउन हुने अवस्था, खोप लगाउन नहुने अवस्था, चिकित्सकको विशेष निगरानीमा खोप दिन सकिने अवस्था, खोप लगाएपछि हुन सक्ने असरका विषयमा प्रस्ट पारेको छ ...

समाचार स्रोत :