Follow us: Youtube Android App
१ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, २ जनाको मृत्यु
२४ साउन २०७९

कोरोना भाइरसको संक्रमण आज एक हजारभन्दा बढीमा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा ६ हजार ३ सय परीक्षणमध्ये १ हजार ९० मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ। यस्तै, आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई ४३८ घर फर्किएका छन्।
आज सङ्क्रमणबाट २ जनाको निधन भएको छ।

कोरोनाबाट अहिलेसम्म ११ हजार ९७४ को संक्रमणबाट निधन भएको छ । ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २ सयभन्दा बढी संक्रमित भएका जिल्ला मोरङ रहेको छ। संक्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालीकोट र हुम्ला रहेका छन् ...

समाचार स्रोत :