Follow us: Youtube Android App
Somersby Nepal
भारतबाट ४७० मेगावाट ल्याइने, हिउँदमा देशभरि लोडसेडिङ नहुने
१३ मंसिर २०७४


यो वर्ष कात्तिकमै ह्वात्तै जाडो बढ्यो। छिट्टै बढेको चिसोले हिमालमा हिउँ जम्यो। हिउँ जमेपछि नदीमा पानीको बहाव कम भयो। त्यसको सोझो असर पर्यो, बिजुली उत्पादनमा।

नेपाल विद्युत प्राधिकरणका अनुसार कालीगण्डकी एबाट मंसिर पहिलो साता पोहोरभन्दा २२ मेगावाट बिजुली कम उत्पादन भयो। १४४ मेगावाट क्षमताको यो आयोजनामा दिनभरि पानी जम्मा गरेर पिक आवरमा बिजुली निकालिन्छ।

पानीको बहाव कम भएपछि ७० मेगावाटको मध्यमर्स्याङ्दी पनि पोहोर यही समयभन्दा ८ मेगावाट र ६९ मेगावाटको तल्लो मर्स्याङ्दीमा १० मेगावाट बिजुली कम उत्पादन भयो। देशभरिका आयोजनामा यो साल मंसिर पहिलो साता पोहोरभन्दा झन्डै ४५ मेगावाट बिजुली कम उत्पादन भयो...

Source