Follow us: Youtube Android App
Somersby Nepal
धुलो हटाउन काठमाडौंका सडकमा धमाधम कालोपत्रे
१५ मंसिर २०७४


काठमाडौं । पछिल्लो समय काठमाडौंका सडकमा बढ्दै गएको धुलो नियन्त्रण गर्न धमाधम पिच गर्ने कार्य सुरु गरिएको छ । पिच भइसकेका सडकमा भने धुलो बढार्न विभागले महानगरससँग समन्वय गर्दै ब्रुमर (धुलो तान्ने मेसिन) समेत लगाउने गरेको छ ।

मेलम्चीले पाइप बिछ्याउन बाँकी रहेका सडकमा पनि अहिले विभागले अस्फाल्ड पिच गर्ने कार्य अघि बढाएको छ । मेलम्चीको पाइप बिछ्याउनका लागि चाहिने स्थान खालि छोड्दै पिच गर्ने काम अघि बढाइएको मध्यमाञ्चल क्षेत्रिय सडक निर्देशनालयका प्रमुख शिवहरी सापकोटाले जानकारी दिए ।

गौशालादेखि चाबहिलसम्म मेलम्चीको पाइप बिछ्याउने काम बाँकी छ । यो खण्डमा अहिले राणाकालीन समयमा जडान गरिएका पुराना पाइपहरुबाट नै पानी वितरण हुँदै आएको छ । पाइप पुराना भएका कारण ठाउँ-ठाउँमा लिकेजको समस्या छ । यसरी लिकेज भएर आएको पानीले सडकको पिच नै बिगार्ने गरेको छ । यसअघि मेलम्चीले पाइप बिछ्याएपछि मात्रै पिच गर्ने भनेर बसेको सडक विभाग अहिले भने पाइप बिछ्याउन बाँकी रहेपनि पिच गर्न लागेको छ...

Source