Follow us: Youtube Android App
Somersby Nepal
पाँच रुपैयाँ बचत गर्न नसक्ने महिलाले कमाउन थाले वार्षिक डेढ लाख
१५ मंसिर २०७४


रीमानसँग पाँच रुपैयाँ मागेर शहकारीमा बचत गर्न सुरु गरेका राप्ती–सोनारी गाउँपालिका–७, फत्तेपुरका महिला अहिले वार्षिक एक लाखदेखि डेढलाख रुपैयाँ कमाउन थालेका छन् । व्यवसायिकरुपमा बाख्रा पालन गर्न थालेपछि उक्त वडाका महिलालाई घर व्यवहार, बचत र पकेट खर्चका लागि परिवारका मुलीसँग हात थाप्नु पर्ने बाध्यता हटेको छ ।

६ वर्षअघि स्थानीय १ सय १२ जना महिला संगठित भएर सहकारी संस्था स्थापना गरेपछि यहाँका गृहणी महिलाको आर्थिक उपार्जनमा सुधार आएको हो । आफैले स्थापना गरेको परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट ३० हजार ऋण लिएर चार वटा बाख्रा खरिद गरेर व्यवसाय संचालन गरेर वार्षिक डेढ लाख रुपैयाँ आम्दानी गर्न थालेको राप्ती–सोनारी गाउँपालिका–७, लालपुरकी कौशीला बुढा क्षेत्रीले बताइन् ।

उनले एक वर्षको अवधिमा १५–२० हजार रुपैयाँका दरले १० वटा खसी विक्री गरेको बताइन् । उनले बाख्रा पालन व्यवसाय सुरु गरेपछि घर खर्च र मासिक बचत र आफूलाई चाहिने श्रृंगारका सामान किनमेल गर्नका लागि श्रीमानसँग रकम माग्न नपरेको बताइन् ।

राप्ती–सोनारी गाउँपालिका–७, शान्तिपुरकी विमला शाहीले पनि घर खर्च र मासिक बचतका लागि आफैले आम्दानी गर्न सक्ने भएकी छन् । तेल, नुन किन्नका लागि पतिसँग पैसा माग्नु पर्ने दिन गएको उनले बताइन् । उनले घर व्यवहार र आफ्नो लागि आफै कमाउन सक्ने भएपछि घर व्यवहार चलाउन सजिलो भएको बताइन्...

Source