Follow us: Youtube Android App
Somersby Nepal
होन्डाले ल्याउँदैछ १५ मिनेटमै चार्ज हुने विद्युतीय कार
१७ मंसिर २०७४


जापानी अटोमोबाइल कम्पनी होन्डाले अब विद्युतीय गाडीलाई प्राथमिकतामा दिने भएको छ।

डिजेल–पेट्रोल इन्जिनका सवारी उत्पादनमा विश्वकै अग्रणीमध्येको एक होन्डाले आफ्ना नयाँ परियोजना विद्युतीयमा केन्द्रित गरेको छ।

 

यसको प्रमाण हो, होन्डाले बनाउँदै गरेको अत्याधुनिक विद्युतीय सवारी र त्यसमा प्रयोग हुने ब्याट्री। उसले १५ मिनेटमै चार्ज हुने ‘अल्ट्राफास्ट चार्जर’ ब्याट्रीसहितका विद्युतीय कार  बनाइरहेको छ।

 

सन् २०२० देखि अर्थात् अबको करिब दुई वर्षमै बजारमा ल्याउने गरी कम्पनीले काम गरिरहेको छ। यस्तो ‘अल्ट्राफास्ट चार्जर’ ब्याट्री भएको विद्युतीय कार एकपटकको पूरा चार्जमा २४० किलोमिटरसम्म कुद्ने कम्पनीले जनाएको छ...

Source