Follow us: Youtube Android App
Somersby Nepal
समस्यामा कान्ति बाल अस्पताल
१७ मंसिर २०७४


काठमाडौं l मुलुककै एक मात्र केन्द्रीय बाल अस्पताल कान्ति बाल अस्पताल समस्यै–समस्याले ग्रस्त बनेको छ । अस्पतालका भौतिक पूर्वाधार पुराना र जीर्ण छन्, कतिपय ठाउँमा पानी चुहिन्छ, मुख्य बाटोका शौचालय बन्द छन्, धारामा धमिलो आउँछन् । सरसफाइ नै अस्पताललाई चुनौती बनेको छ । अस्पताल पूर्ण सञ्चालन गर्न न जनशक्ति छ न बजेट पुग्दो छ ।

अस्पतालको आम्दानीले तलब पनि पुग्दैन

कम बिरामी आउने हिउँदका महिनामा अस्पतालको आम्दानी घट्छ । त्यस्तो अवस्थामा कर्मचारीलाई तलब दिनै मुस्किल पर्छ । ‘चौबिसै घण्टा अब तलब कसरी खुवाउने भन्ने चिन्ता हुन्छ,’ अस्पतालका निर्देशक गणेश राईले भने। अघिल्ला वर्षहरूमा पनि कम आम्दानी भएका बेला निर्देशकले ऋण तथा सापटी लिएर तलब व्यवस्थापन गर्थे । कान्ति बाल अस्पताल विकास समितिबाट सञ्चालित छ । अस्पतालमा ६० प्रतिशत विकास समितिका कर्मचारी छन्। जसलाई अस्पतालकै आम्दानीले तलबभत्ता दिनुपर्छ । सरकारले ४० प्रतिशत कर्मचारीलाई मात्र तलबवभत्ता व्यवस्था गर्छ । अस्पतालका ६० प्रतिशत कर्मचारीको  तलबका लागि मासिक ९० देखि ९५ लाख रुपैयाँ आवश्यक पर्छ...

Source