Follow us: Youtube Android App
Somersby Nepal
लक्ष्यअनुसार अनुदान दिन सकस
१९ मंसिर २०७४


काठमाडौं l भूकम्पपीडितलाई अनुदान वितरण गर्न बजेटको अभाव छैन । पर्याप्त बजेट भए पनि सरोकारवाला निकायले अनुदान वितरणमा अझै सकस बेहोर्नु परेको छ ।


भूकम्पपीडितलाई सरकारले तीन किस्तामा उपलब्ध गराउने अनुदानमध्ये करिब ९७ प्रतिशत (अनुदान सम्झौता गरेका कुल लाभग्राही संख्याबाट) ले पहिलो किस्ता लिइसकेका छन् । तीमध्ये अधिकांशले घर बनाउन सुरु गरेका छैनन् । यसै कारण दोस्रो र तेस्रो किस्ता वितरणमा सकस बेहोर्नुपर्ने अवस्था आएको सरोकारवाला अधिकारीहरु बताउँछन् । पीडितले घरको जग हालेपछि मात्र दोस्रो किस्ताका लागि निवेदन दिन पाउने व्यवस्था छ ।


पहिलो किस्ताबापत ५० हजार रुपैयाँ लिएको वर्ष दिन बित्दासमेत लाभग्राहीले घर बनाउन सुरु नगरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान लिने कार्यतालिका घोषणा गरेको छ । तोकिएको अवधिभित्र अनुदान लिइसक्नुपर्ने भन्दै कडाइ गरेपछि घर निर्माण गर्नेको संख्या बढेको प्राधिकरणका अधिकारीहरुले बताए । तर, अहिलेकै गतिमा प्राधिकरणको लक्ष्यअनुसार अनुदान वितरण हुने अवस्था देखिँदैन...

Source