Follow us: Youtube Android App
Somersby Nepal
नागढुंगा-धुलिखेल रेलमार्गः सम्भाव्यता अध्ययन थाल्दै लगानी बोर्ड
१७ पुष २०७४


काठमाडौं । लगानी बोर्डले नागढुंगादेखि कोटेश्वर हुँदै धुलिखेलसम्मको रेलमार्गको सम्भाव्यता अध्ययन शुरु गर्दैछ ।

कम्पनी छनोटका लागि टेन्डर आह्वानको तयारी भइरहेको बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेका अनुुसार अध्ययनका लागि करिब एक वर्ष लाग्नेछ ।

 

सम्भाव्य देखिए वर्षदिनभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार पार्न सकिने बोर्डका अधिकारीहरु बताउँछन् । गत २७ कात्तिकमा सरकारले उक्त आयोजना लगानी बोर्डमार्फत् अगाडि बढाउने निर्णय गरेको थियो ।

 

बोर्डले काठमाडौंमा रेलमार्गबारे एक अध्ययन प्रतिवेदन यसअघि नै तयार पारेको छ, जसलाई १० पुसको बोर्ड बैठकमा पेश गरिएको थियो...

Source