Follow us: Youtube Android App
Somersby Nepal
मनाङको तिल्चे गाउँमा पहिलोपटक मोटर पुग्यो
२० पुष २०७४


मनाङ,  मनास्लु क्षेत्रभित्र पर्ने पर्यटकीय तिल्चे गाउँमा मोटर पुगेको छ । जहाँ पहिला पहिलाका बूढापाका भोटको नून कारोबार गर्न जाने गर्थे ।

मनाङलाई मोटर बाटोले छोए पनि यस गाउँमा भने मोटर पुगेको थिएन ।


मस्याङ्दी नदीको पारिपट्टिको यस गाउँ वरीबाट मोटर गुड्दा टुलुटुलु हेरेर बसेको अवस्थामा गतवर्षबाट मोटरेबल पुल बनेपछि गाउँलेको पहल र सडक डिभिजन दमौलीको सहयोगमा गाउँसम्म बाटो पु¥याइएको थियो ।