Follow us: Youtube Android App
Somersby Nepal
सिमेन्ट र छडका कारण घर बनाउन लाग्ने खर्च बढ्यो
२३ पुष २०७४


घर निर्माणको मुख्य समय सुरु भएसँगै अघिल्लो वर्षको तुलनामा लागत बढेको छ।

मुख्य निर्माण सामग्रीको मूल्य बढेपपिछ समग्र लागत पनि बढेको छ। सिमेन्ट, छड र वालुवाको मूल्यमा बृद्धि भएसँगै निर्माण लागत पनि बढेको हो।

 

सिमेन्ट र छडको बिक्रीवितरण गर्ने व्यवसायीहरुका अनुसार पछिल्लो एक महिनाममा छड र सिमेन्टको मूल्य अस्वभाविकरुपमा बढेको छ।उत्पादकहरुसँग सम्बन्ध विग्रने डरले मिडियासँग खुलेर बोल्न नचाहने उनीहरुकाअनुसार पुस २३ गते सिमेन्टको अधिकतम मूल्य प्रतिबोरा १ हजार ५० रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्ष ९५० रुपैयाँ थियो।

 

महंगो मानिने ओपिसी सिमेन्टको मूल्य ब्रान्ड हेरी मूल्यमा विविधता पाइन्छ। यद्यपी अहिले ठाउँ हेरी ९ सय ८० देखि १ हजार ५० रुपैयाँ मूल्य तोकिएको छ।

 

त्यस्तो पिपिसी सिमेन्टको मूल्य नै ९ सय रुपैयाँसम्म पुगेको छ। अघिल्लो वर्ष प्रतिबोरा सात सयबाट सुरु हुने सिमेन्टको मूल्यमा १ सय रुपैयाँसम्म बढेको काठमाडौंमा सिमेन्टको खरिदविक्री गर्ने एक व्यापारीले बताए...

Source