Follow us: Youtube Android App
Somersby Nepal
निर्माण सामग्रीको मूल्यवृद्धिले अर्थतन्त्र नै प्रभावित
२४ पुष २०७४


मुलुकमा विकास निर्माणका काम सुरु हुन लागेका वेला निर्माण सामग्रीको मूल्य अचानक वृद्धि भएपछि यसबाट समग्र अर्थतन्त्र नै प्रभावित हुने देखिएको छ । निर्माण सामग्रीको बढ्दो मूल्यले विकास निर्माणको लागत वृद्धि भइ यसबाट सरकार, निर्माण व्यवसायीदेखि सर्वसाधारणसम्म प्रत्यक्ष प्रभावित हुने भएका छन् । चालू आर्थिक वर्षमा विकास निर्माण क्षेत्रका लागि विनियोजित बजेट नै अपुग हुने देखिएको छ भने भूकम्प प्रभावितका लागि सरकारी अनुदानले घर बनाउन झनै अप्ठेरो पर्ने देखिएको छ ।


एक महिनायता विकास निर्माणका मुख्य कच्चा पदार्थहरू सिमेन्ट र डन्डीको मूल्य वृद्धि भएको छ । हिउँद लागेसँगै सुरु भएका निजी तथा सरकारी विकास निर्माणका काममा कच्चा पदार्थको मूल्य एक्कासी बढ्दा समस्या उत्पन्न भएको छ भने कतिपय परियोजना यही मूल्यवृद्धिका कारण ढिला सम्पन्न हुने समेत देखिएको छ ।


नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले सिमेन्ट र डन्डी भारतबाट ल्याउन नपाउने सरकारी नीति एकातिर रहेको र अर्काेतर्फ उत्पादकहरूले एक्कासी मूल्य बढाउँदा निर्माणको काम नराम्रोसँग प्रभावित भएको बताउँछन् । यसबाट निर्माण क्षेत्रमात्र नभएर समग्र अर्थतन्त्र नै प्रभावित भएको उनको भनाइ छ । हाल बजारमा सिमेन्टको भाउ प्रतिबोरा १ सय रुपैयाँदेखि १ सय ३० रुपैयाँसम्म तथा डण्डीको मूल्य प्रतिकेजी ७ रुपैयाँले बढेको छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनअघि सिमेन्टको मूल्य प्रतिबोरा ८ सय १० रुपैयाँ थियो भने डण्डीको मूल्य प्रतिकेजी ७८ रुपैयाँ हाराहारीमा थियो । तर निर्वाचनपछि सिमेन्टको मूल्य प्रतिबोरा १२.५ प्रतिशत तथा डण्डीको मूल्य ९ प्रतिशतले बढेको छ...

Source