Follow us: Youtube Android App
Somersby Nepal
तिलौराकोटमा राजा शुद्धोधनको दरबारको मुख्य भाग फेला पार्न चौथो पटक उत्खनन् सुरु
२६ पुष २०७४


कपिलवस्तु । कपिलवस्तुको तिलौराकोटस्थित बुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको राजदरबारको मुख्य भाग फेला पार्न चौथो पटक उत्खनन् सुरु गरिएको छ ।

पुरातत्व विभागले भौगर्भिक सर्वेक्षण तथा अन्वेषण गरेपछि उत्खनन् सुरु गरिएको हो ।

 

उत्खननबाट तिलौराकोटको प्राचीन शहरको महत्वपूर्ण भाग फेला पार्ने पुरातत्व विभागका अधिकृत रामबहादुर कुँवरले जानकारी दिए ।

 

जापानी नागरिक कासाईको सहयोगमा गर्न लागिएको उत्खनन् टोलीमा विज्ञ सहभागी छन् । उत्खनन्को काम ५५ दिनभित्र सकिने बताइएको छ...

Source