Follow us: Youtube Android App
Somersby Nepal
सन्तपुरमा बस्ती निर्माणमा अझै दुई करोड पुगेन, धुर्मुस–सुन्तली मनकारीको खोजीमा
२७ पुष २०७४


रौतहट । शीतलहरले तराईका जिल्लामा गरीब र निमुखाहरुको ज्यान लिइरहेका बेला सिंहदरबारमा बस्नेहरुले न्यानो बाँड्ने योजना बनाइरहेका छन ।

२०७२ सालको भूकम्पले घर भत्किएका पीडितहरुले अझैसम्म छानो पाएका छैनन । गएको बर्खामा बाढीले घर बगाएकाहरुको पनि हालत उस्तै छ । 


सिंहदरबारमा बसेर कुरा गर्नेहरुलाई गतिलो जवाफ दिएका छन–कलाकार जोडी धुर्मुस (सिताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) ले गतिलो झापड हानेका छन– चौथो नमूना बस्ती बनाएर ।

 

सपनामा पनि पक्का घरमा बस्ने नसोचेका रौतहट सन्तपुरका दलित बस्तीका बासिन्दाले आउदो माघ २४ गतेबाट बिपना मै सुबिधा सम्पन्न घरमा बस्न पाउने भएका छन् । सधै ज्यालादारीबाट बिहान बेलुका छाक टार्दै आएका उनीहरुलाई धुर्मुस–सुन्तलीको अगुवाईमा घर निर्माण भइरहेको छ ।

 

रौतहटको चन्द्रपुर नगरपालिका–८ को सन्तपुरमा धुर्मुस सुन्तली फाउण्डेसनले चौंथो परियोजनाअन्तर्गत ४७ घर परिवार बाढीपीडित दलित समुदायका लागि एकीकृत नमुना सन्तपुर बस्तीको काम अन्तिम चरणमा पु¥याएको छ ।

 

माघ २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य लिएकाले बस्ती सोचेभन्दा चाँडो निर्माण भइरहेको धुुर्मुसको दाबी छ । पाँच करोड ९५ लाख लागत अनुमान गरिएकोमा २ करोड अपुग रहेको र त्यो रकम संकलन हुनेमा उनी विश्वस्त छन् । 


बस्ती बनाउन दुई सय ६१ जना कामदार खटिएका छन् ।

 

हालसम्म ४७ वटै घर निर्माण सम्पन्न भइसकेको छ ।

 

अहिले भ्यु टावर र मन्दिर बाहेकका अरु संरचनाहरु सबै अन्तिम चरणमा पुगेको छ । बस्तीको बाटो, बिजुली, खानेपानीलगायतका कामहरु बाँकी रहेको र १० दिनभन्दा अगावै बस्ती निर्माण पूरा हुने जनाईएको छ ।

 

बस्तीमा एउटा बालउद्यान, भ्यू टावर, मन्दिर, सामुदायिक भवन, अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री र भुकम्प प्रतिरोधी छ । 


अहिले परियोजना १२ कठ्ठा क्षेत्रफलमा निर्माण हुँदै गरेको एकिकृत बस्तीमा एउटा घरको लागत १० लाख लाग्ने अनुमान गरिएको छ । एउटा घर लगभग साँढे ३ धुर जग्गामा निर्माण भएको छ । 


बस्ती निर्माणमा दैनिक २ सय ५० जना भन्दा बढी कामदारहरु दिनरात खटिएका छन ।

 

जीर्ण झुपडीमा बस्दै आएका माझी मुसहर, दुसाद, लोहार र हजामका ४७ परीवारले धुर्मस सुन्तलीलाई भगवानकै अवतारको रुपमा लिएका छन् ।