Follow us: Youtube Android App
Somersby Nepal
‘मेलम्ची हाम्री दुलही हुन्, छोरीलाई जस्तै माया गर्नुहोला’
२९ चैत्र २०७४


साढे २७ किलोमिटर लामो सुरुङमा ‘ब्रेक थ्रू’ भएपछि सिन्धुपाल्चोकबासीले मेलम्चीलाई ‘दुलही’ का रुपमा अन्माएर काठमाडौं पठाएको बताएका छन् ।

अन्तिम खण्ड सिन्धु-ग्यालथुङ खण्डको मंगलबार नै सुरुङ खनिसकिएको थियो । बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा यसलाई औपचारिकता दिइएको छ । उपराष्ट्रपति पुन र खानेपानीमन्त्री बिना मगर लगायतको टोलीले सिन्धुदेखि ग्याल्थुमसम्म साढे सात किलोमिटर सुरुङ यात्रा पनि गरे ।

 

स्थानीय सरोकार समितिका पदाधिकारीले भने सुरुङमार्गमा प्रवेश नदिएको भन्दै विरोध गरे । कार्यक्रममा सिन्धुपाल्चोकका सांसदसमेत रहेका कानुनमन्त्री शेरबहादुर तामाङले मेलम्चीलाई ‘दुलही’का रुपमा अन्माएर पठाएको बताए । उनले भने ‘मेलम्ची हाम्री दुलही हुन्, आज तपाईँहरु दुलही लिन आउन भएको छ, हामी खुसी पनि छौं ।’

 

वहुमूल्य प्राकृतिक सम्पत्ति राजधानीलाई उपहार दिएको भन्दै उनले भने ‘मेलम्ची हाम्रो दुलही हो, तपाईहरुले आफ्नो छोरीलाई जस्तै गरी माया गर्नुहोला ।’

 

मन्त्री तामाङले मेलम्चीलाई दुलहीको संज्ञा दिएपछि खानेपानी मन्त्री विना मगरले सिन्धुको चेलीलाई माया गर्ने बताइन् । ‘हामी तपाईंहरुको दुलही लिन आएका छौं’ उनले भनिन्, ‘हामी धेरै खुसी छौं तपाईंहरु पनि दुःखी हुनु पर्दैन ।’

 

मन्त्री मगरले यस क्षेत्रको विकासका लागि मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताइन् । उनले भनिन्, ‘सिन्धुपाल्चोकबासीलाई सम्झनालायक उपहार दिन्छौं ।’..

Source