Follow us: Youtube Android App
Somersby Nepal
तयार भयो सदाचार नीति : धर्म परिवर्तन गराउनेलाई फिर्ता पठाउनेदेखि गैससको निगरानी गर्न संयन्त्र ब
२ बैशाख २०७५


काठमाडौं l सरकारले सबै प्रकारका भ्रष्टाचार र अनियमितता न्युनीकरणका गर्न राष्ट्रिय सदाचार नीति निर्माण गरेको छ। प्रधानमन्त्री कार्यालयको पहलमा निर्माण भएको नीतिको मस्यौदामा धर्म परिर्वतनदेखि नेपालको सूचना सरकारलाई जानकारी नदिई विदेश पठाउने अन्तर्राष्ट्रिय गैरसकारी संस्थाको दर्ता खारेजी गर्नेसम्मको व्यवस्था गरेको छ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पदलबहालीको पहिलो हस्ताक्षर गरेको नीतिको प्रारम्भिक मस्यौदामा यस्तो व्यवस्था गरिएको छ।

 

नेपाल लाइभले प्राप्त गरेको उक्त मस्यौदा नीतिमा सरकारी, गैरसकारी, कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय गैरसकारी संस्थाले सरकारलाई जानकारी नगराई कुनै पनि प्रतिवेदन अन्य स्थानमा पठाउन रोक लगाइएको छ। पूर्वसचिवहरु शारदाप्रसाद त्रिताल र मोहन बञ्जाडेले मस्यौदा गरेको उक्त नीतिमा नेपालको हित विपरीतको कार्य गरेको पाइएमा पुन: नेपाल आउन नपाउने गरी कुनै पनि संस्था र व्यक्तिलाई तत्काल फिर्ता पठाउने सक्ने उल्लेख छ...