Follow us: Youtube Android App
Somersby Nepal
१३ वर्षमा १४ अर्ब खर्च : किसानको खेतबारी सुक्खा, सिक्टा सिँचाइ आयोजनाको प्रगति निराशाजनक
४ बैशाख २०७५


नेपालगन्ज l बाँके जिल्लाको करिब ३४ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सुरु भएको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको १३ बर्ष पुग्यो। तर नहरबाट बाँकेका किसानहरुको खेतबारीमा अझै सिँचाइ सुविधा पुग्न सकेको छैनन्।

आयोजनाको हेड बक्स तथा मूल नहर निर्माण लगायतका संरचना निर्माणमा १४ अर्बभन्दा बढी खर्च भइसकेको छ। मूल नहरको पानी शाखा नहर हुँदै किसानको खेतबारीसम्म पुर्‍याउननका लागि निर्माण गर्न लागिएको डुडुवा शाखा नहर निर्माणमा भइरहेको ढिलासुस्ती र चरम लापरबाहीका कारण नहरको पानी किसानको खेतबारीमा कहिले पुग्छ भन्ने टुंगो लाग्न सकेको छैन।

 

सिक्टा सिँचाइ आयोजना अन्तर्गतको डुडुवा नहर प्रणालीबाट बाँकेको करिब १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्छ। डुडुवा शाखा नहर निर्माणको काम सम्पन्न गर्नुपर्ने समय ७५ प्रतिशत सकिए पनि निर्माणको काम भने करिब २ प्रतिशत मात्रै पूरा भएको छ। निर्माणको काममा भएको ढिलाइका कारण सिक्टा नहरको पानी किसानको खेतबारीमा पुग्ने समय भने अनिश्चित बन्दै गएको हो...