Follow us: Youtube Android App
Somersby Nepal
राजश्वको लक्ष्य भेट्नै मुस्किल, चैतमा गैरकर पनि आधा घट्यो
४ बैशाख २०७५


 युवराज खतिवडा अर्थमन्त्री भएपछि भन्सार मूल्यांकनमा कडाइ गरे । यसबाट राजश्व उठ्तीमा वृद्धि हुने अपेक्षा केपी शर्मा ओलीसरकारलाई थियो । तर, चैत्र मसान्तसम्मको राजश्व असुलीले पनि सरकारलाई खुसी बनाउन सकेन् ।

चैतसम्म लक्ष्यभन्दा करीब १३ अर्ब कम राजश्व उठेको छ । सरकारले चालु आथिर्क वर्षको पहिलो ९ महिनासम्म ४ खर्ब ९२ अर्ब राजश्व उठाउने लक्ष्य निर्धारण गरेको थियो । उठ्यो करिब ४ खर्ब ७९ अर्ब । अब आर्थिक वर्षको अन्तिम समयमा राजश्व उठाउने लक्ष्य भेट्टाउने सम्भावना कमजोर बनेको छ ।

 

लक्ष्य र असुलीको खाडल भने १५ अर्ब माथि नजाओस् भन्नेमा सरकार केन्द्रित रहेको एक राजश्व अधिकारीले बताए । राजश्व सचिव शिशिर ढुंगाना लक्ष्यभन्दा करिब १२ अर्बभन्दा कम राजश्व उठ्न नकसकेको स्वीकार्दै सरकारले कसरी उठाउने भन्ने योजना बनाइसकेको बताउँछन् ।

 

चैतसम्म आन्तरिक राजश्व विभागले करिब २ खर्ब ५ अर्ब रुपैयाँ राजश्व उठाएको छ । उसले लक्ष्यअनुसार २ खर्ब १२ अर्ब रुपैयाँ संकलन गर्नुपथ्र्यो ।

 

भन्सार विभागको पनि हालत उस्तै छ । उसले चैतसम्म २ खर्ब ३४ अर्ब रुपैयाँ भन्सार असुल्नुपर्नेमा मुस्किलले करिब २ खर्ब १९ अर्ब रुपैयाँ जम्मा गर्न सकेको छ ।

 

फागुनसम्म गैरकर राजश्वले सरकारलाई थोरै राहत दिएको थियो । तर, चैतमा गैरकर राजश्व असुली पनि आधा घटेको छ । समग्रमा अनुमानितभन्दा ७ अर्ब बढी उठेपछि चैतसम्म करिब ५३ अर्ब गैरकर राजश्व सरकारी ढुकुटीमा दाखिला भएको छ । यो अवधिमा ४६ अर्ब रुपैयाँ उठाउने लक्ष्य थियो ।

 

सरकारलई चैतले पनि सरकारलाई निराश बनायो । ८२ अर्ब राजश्वको लक्ष्य लिएको सरकारले मुस्किलले करिब ७० अर्ब पनि उठायो । यसमा आन्तरिक राजश्व सबा ३६ अर्ब रह्यो भने भन्सार करिब २७ अर्ब मात्रै ।

 

दुबै विभागले लक्ष्य भेटाउन सकेनन् । चैत महिनामा गैरकर राजश्वको उठ्तीमा पनि समस्या देखियो, जसले सरकारलाई लक्ष्य र असुलीको खाडल झनै बढ्ने डर सिर्जना गरिदिएको छ ।

 

गत वर्षको बजेट निर्माणमा क्रममा कर बढाउने स्पष्ट आधार तयार नगर्दा यो समस्या आएको एक भन्सार अधिकारी बताउँछन् । ‘राजश्व असुली बढाउने लक्ष्य राखेपछि त्यसैअनरुप दर र दायर फराकिलो पार्नुपथ्र्यो । नियमित रुपमा राजश्व असुलेर बढ्छ भन्ने अनुमान नै गलत थियो,’ ती अधिकारी भन्छन् ।..

Source