Follow us: Youtube Android App
Somersby Nepal
सांसद्को निर्माण कम्पनीको बदमासी: निर्माण नसकिँदै भाँचियो पुल, महालेखाले भन्यो 'गुणस्तरहीन काम
४ बैशाख २०७५


महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले पप्पु कन्स्ट्रक्सनले पाएका आयोजना गुणस्तरहीन रहेको देखाएको छ। प्रतिवेदन अनुसार पप्पु कन्स्ट्रक्सनले निर्माण थालेका पुल आयोजनामा गुणस्तरीयता कायम गर्न नसकेको तथा निर्माण अवधिमा काम नसकेको उल्लेख छ।

पप्पु कन्स्ट्रक्सनले बर्दियाको जब्दिघाटमा बनाएको पुलमा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेका कारण सञ्चालनमा नआउँदै भाँचिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

 

पुलको अधिकांश संरचना निर्माण सम्पन्न भएपछि २०७४ साउन २९ मा आएको बाढीले पुलमा क्षति पुर्याकएकाले निर्माण व्यवसायीलार्इ उक्त क्षतिको समाधान गरी यथाशीघ्र कार्य सम्पन्न गर्न ताकेता गर्दा पनि काम सुरु गरेको छैन। जसका कारण पुल अलपत्र अवस्थामा रहेको छ।..

Source