Follow us: Youtube Android App
Somersby Nepal
फाष्ट ट्रयाकको डीपीआर बनाउन १७ कम्पनी इच्छुक
२० बैशाख २०७५


२० वैशाख, काठमाडौं । काठमाडौं-निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) बनाउन १७ कम्पनीले इच्छा देखाएका छन् । नेपाली सेना मागेको आशयपत्रमा १७ कम्पनीले आवेदन गरेका हुन् ।

नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले १ स्वदेशी र १६ विदेशी कम्पनीले डीपीआरका लागि आवेदन दिएको बताए । उनले अबको एक-दुई हप्ताभित्रै कुन कम्पनीलाई डीपीआर बनाउन दिने भन्ने टुंगो लाग्ने बताए ।

 

त्यसलगत्तै परामर्शदाता कम्पनी फिल्डमा जाने र डीपीआर बनाउने कमा सुरु हुने उनको भनाइ छ । ‘हामी आशयपत्र मूल्यांनको चरणमम छौं । अब केही समयमै सकिन्छ,’ उनले भने,’डीपीआर नबनिन्जेल पनि निर्माण्को काम रोकिँदैन ।’

 

यसअघि भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर सेनाले नकिन्ने निर्णय गरेको थियो । सेनाले आफैंले डीपीआर बनाउन परामर्श दाता छनोट गर्न लागेको हो ।

 

लामो विवादपछि प्रचण्ड नेतृत्वको सरकारले गत बैशाख २१मा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

 

तर, भारतीय कम्पनीले आफ्नो डीपीआर किन्नु पर्ने शर्त राखेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतीय कम्पनीले बनाएका डीपीआर किन्ने निर्णय गर्दै अध्ययन गर्न सेनालाई भनेको थियो ।..

Source