Follow us: Youtube Android App
Somersby Nepal
निर्माण संघको आडमा ठेक्कापट्टामा सिन्डिकेटः टेण्डर रोक्न ४ घण्टा बन्धक बनाएर कुटिपिट
२२ बैशाख २०७५


गोरखा । अहिले यातायात क्षेत्रमा मौलाएको सिन्डिकेटको चर्चा हुँदै गर्दा ठेकापट्टामा देखिएको एकाधिकारवादी मानसिकता र विकृतिको चिरफार हुन पाएकै छैन । निर्माण व्यवसायमा रहेको चरम सिन्किेटको नमूना शुक्रबार गोरखामा देखियो । अरुलाई टेण्डरमा निषेध गर्न जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका निर्माणसम्वद्ध संस्था नै लाग्यो ।

पालुङटार नगरपालिकाको कार्यालयमा शुक्रवार टेण्डर फारम दर्ता गर्न गएका व्यवसायीमाथि कुटपिट भएको छ । निर्माण व्यवसायी संघ गोरखाका अध्यक्ष बाबुराम श्रेष्ठ र महासचिव सूर्य भण्डारी नेतृत्वको टोलीले उनीहरुमाथि कुटपिट गरेको पीडितको आरोप छ ।

 

कुटपिटसँगै आफूहरुलाई चार घण्टा बन्धक समेत बनाएको उनीहरुले बताएका छन् । ‘१० बजे फारम दर्ता गराउन पालुङटार नगरपालिकाको कार्यालय पुग्दा नपुग्दै निर्माण व्यवसायी संघका अध्यक्ष श्रेष्ठले फोन गरेर बाहिर बोलाउनुभयो, बाहिर आएर भेट्दा यति ठूलो ठेक्का छ मिलेर जानुपर्छ भन्नुभयो,’ वर्ल्ड वाइड कन्स्ट्रक्सनका राम थापाले भने,’हामी फारम दर्ता गराउन गयौं, फारम बुझाउने ठाउँमा एक जना अर्काे केटा बसिरहेको रहेछ, हामीलाइ संघबाट हो की बाहिरबाट हो भनेर सोध्यो, हामीले संघबाट होइन भनेपछि फारम दर्ता गराउन पाउनुहुन्न नहाल्नुस् भन्यो...

Source