Follow us: Youtube Android App
Somersby Nepal
एयरपोर्ट र पशुपति सफा गर्नेले वीर अस्पताल पनि सफा गर्दै, भोलिदेखि अभियान थालिने
२२ बैशाख २०७५


 काठमाडौं l वीर अस्पताल, नाम सुन्नेबित्तिकै धेरैको अनुमान हुन्छ, फोहोर अनि गन्हाउने पुरानो अस्पताल। किनकि जताततै फोहोर र गन्हाउने अस्पतालका रुपमा चिनिएको यो बूढो अस्पतालमा पछिल्ला केही महिनायता सुधार आइरहेको छ।

 

तर, बिरामीले अनुभूति नै गर्ने गरी भने सुधार अाएको देखिँदैन।

यसका शौचालय र पुराना संरचनाका कारण अस्पतालका धेरै स्थानमा घिनलाग्दा भर्‍याङ, भुइँ र भित्ता छन्। अस्पतालले हरेक दिन सफा बनाउने प्रयास जारी गरे पनि यसको पुरानो परिचय भने अझै फेर्न सकेको छैन।

 

तर, अबको केही दिनमा वीर अस्पताल बिरामीले अनुभूति नै गर्ने गरी फोहोर र गन्हाउने अस्पतालको परिचयबाट आफ्नो परिचय फेर्ने बाटोमा छ।

 

किनकी, वीर अस्पताल सफाइको जिम्मा अब एयरपोर्ट र पशुपतिनाथ क्षेत्र सफा गरेको खेम्स क्लिनिङले लिएको छ। यसका लागि खेम शर्मा अष्ट्रेलियाबाट नेपाल आइसकेका छन्...

Source