Follow us: Youtube Android App
Somersby Nepal
यातायात व्यवसायीले भने : गाडी दुर्घटना भए यात्रुको उपचार गर्न सक्दैनौं
२४ बैशाख २०७५


काठमाडौं । सरकारसँग सिण्डिकेट अन्त्य गर्ने सहमति गरेका यातायात व्यवसायीले गाडी दुर्घटना हुँदा घाइते यात्रुको उपचार खर्च नब्यहोर्ने बताएका छन् । उनीहरुले बैंक खाता फुकुवा नभएसम्म दुर्घटनामा घाइते भएका यात्रुहरुको उपचार गर्न नसक्ने बताएका छन् ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भने, ‘हाम्रो बैंक खाता रोक्का छ । दुर्घटनाका घाइतेको पनि उपचार गराउन सक्दैनौं ।’

 

आफूहरुको काउन्टर बसपार्कबाट हटाइएकाले सडकबाटै सेवा सुचारु गर्नु पर्ने अवस्था आएको भन्दै उनले यसबाट उत्पन्न हुने असहजताका लागि सरकार जिम्मेवार हुने बताए...

Source