Follow us: Youtube Android App
Somersby Nepal
मनकामना जोड्ने सडकमा पक्कीपुलको उद्घाटन
१ जेठ २०७५


गोरखा । गोरखा नगरपालिका र शहीद लखन गाउँपालिका जोड्ने गरी लुदी खोलामा निर्माण भएको पक्की पुलको सोमबार उद्घाटन गरिएको छ । अबुवा-मनकामना सडकखण्डमा पर्ने उक्त पुलको प्रदेश ४ का भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका छन् ।

दातृ निकायसँगै स्थानीयको आर्थिक सहयोगमा पुल निर्माण गरिएको लुदी खोला पुल निर्माण समितिका अध्यक्ष मानबहादुर परियारले बताए । कुल एक करोड ७३ लाख रुपैयाँ लागतमा पुल निर्माण भएपछि वर्षायाममा पनि सडकमार्फत मनकामना जान सकिने भएको छ ।

 

उद्घाटनपछि मन्त्री बस्नेतले पुल निर्माणमा स्थानीयले देखाएको सक्रियता र योगदानको कदर गर्नुपर्ने बताए । ‘आˆनो ठाउँमा भइरहेको बिकास निर्माणको काममा स्थानीयहरुले निगरानी राख्नु जरुरी छ, अनि मात्र कामले गति लिन्छ,’ उनले भने ....

Source