Follow us: Youtube Android App
कंगना रनौतलाई ‘वाई’ श्रेणीको सुरक्षा दिनेछ मोदी सरकार, कस्तो सुविधा पाउनेछिन् ?
२२ भदौ २०७७

भारतको केन्द्र सरकारले बलिउड अभिनेत्री कंगना रनौतलाई वाई लेभलको सुरक्षा प्रदान गर्ने निर्णय गरेको छ । केहि दिन अघि सुशान्त सिंह राजपूतको मृत्युपछि कंगनाले उनी मुम्बईमा आफूललाई सुरक्षित महसुस नगरिरहेको बताएकी थिइन् ।


केन्द्र सरकारको तर्फबाट सुरक्षा प्रदान गर्ने रिपोर्ट सार्वजनिक भएपछि कंगनाले ट्वीटरमा देशका गृहमन्त्री अमित शाहलाई धन्यवाद दिएकी छिन् । कंगनाले भनिन्, ‘यो प्रमाण हो कि अब कुनै देशभक्त आवाजलाई कुनै फासीवादीले कुल्चन सक्दैन । म अमित शाहजी प्रति आभारी छु । उनले चाहेको भए मलाई केही दिन पछि मुम्बई आउने सल्लाह दिन्थे तर उनले भारतकी एक छोरीको वचनको मान राखे, हाम्रो स्वाभिमान र आत्मसम्मानको लाज राखे, जय हिंद ...

समाचार स्रोत :