Follow us: Youtube Android App
मस्कोमा भारत र चीनबीच पाँचबुँदे सहमति : हिमालय क्षेत्रमा युद्ध टर्‍यो, रुसको भूमिका बढ्यो
२७ भदौ २०७७

छिमेकी भारत र चीनका परराष्ट्रमन्त्रीले करिब तीन महिनादेखि लद्दाखको गलवान उपत्यका आसपासको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएससी) अर्थात् वास्तविक नियन्त्रण रेखामा जारी सैन्य तनाव अन्त्य गर्ने सहमति गरेका छन् ।


गत आइतबार सीमा क्षेत्रमा राति हवाईफायर भएपछि आरोप–प्रत्यारोप चलिरहँदा रुसको मस्कोमा भारतीय विदेशमन्त्री डा. एस जयशंकर र चीनका परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वांग यीबीच बिहीबार पाँचबुँदे सहमति भएको छ । सांघाई को–अपरेसन अर्गनाइजेसन (एससिओ)का परराष्ट्रमन्त्रीहरूको बैठकमा गएका जयशंकर र वांगबीच वार्ताको परिस्थिति रुसी परराष्ट्रमन्त्री सेर्गेई लाभरोभले तयार गरिदिएका थिए ...

समाचार स्रोत :