Follow us: Youtube Android App
गाउँका ‘पञ्च’हरुले प्रहरी भेट्न नदिएपछि बलात्कार पीडितद्वारा आत्महत्या
३१ भदौ २०७७

सप्तरी । जबरजस्ती करणी सम्बन्धी कसूरकी पीडितले सप्तरीमा आत्महत्या गरेकी छन् । गाउँमै बसेर पञ्चहरुले घटना मिलाउन दबाब दिएर प्रहरी भेट्न नदिएपछि डाकनेशवरी नगरपालिका–७ की १७ वर्षीया किशोरीले मंगलबार आत्महत्या गरेकी हुन् ।


जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाका अनुसार प्रहरीले किशोरीको मृत्यु भएपछि मात्र घटनाबारे जानकारी पाएको थियो । लगत्तै घटनाबारे अनुसन्धान थालिएको उनको भनाइ छ । शवलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर पोष्टमार्टम गरिने उनले अनलाइनखबरलाई बताए । प्रहरीका अनुसार सोमबार बिहान ९ बजे धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको थियो ...

समाचार स्रोत :