Follow us: Youtube Android App
कांग्रेस महामन्त्री डा. कोइराला अस्पताल भर्ना, कोरोनासँगै निमोनिया भएको आशंका
३१ भदौ २०७७

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना हुनुभएको छ । कोरोना संक्रमण भएपछि केही दिनदेखि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना हुुनभएको हो ।


सोमबार साँझ ६ बजेदेखि कोइरालालाई उच्च ज्वरो आएपछि ओम अस्पतालमा भर्ना गरिएको उहाँका स्वकिय सचिव भरत तिवारीले जानकारी दिनुभयो । ज्वरो कम भएपनि चिकित्सकहरुले उहाँमाथि निमोनिया भएको आशंका गरेका छन् । कोइरालाको उपचारमा ओम अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न छ ...

समाचार स्रोत :