Follow us: Youtube Android App
उपत्यकामा एकैदिन कोरोनाबाट ५ को मृत्यु, ८०९ जनामा संक्रमण
११ असोज २०७७

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ भने ८०९ जनामा संक्रमण देखिएको छ ।


काठमाडौंमा एक महिलासहित ३ जना र ललितपुरमा २ पुरुष गरी जम्मा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंका ६३३ , भक्तपुरका ७२ र ललितपुरका १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ...

समाचार स्रोत :