भारतमा कोरोना महामारी कम भएको छैन । दैनिक ६० हजार भन्दा धेरै संक्रमित देखिएका छन् । तर, पनि बलिउड चलचित्रको छायांकन भने सुरु भएको छ ।
नायिका आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकन सुरु भएको छ । चलचित्रको छायांकन आउँदो बर्षको जनवरी महिनासम्म पुरा गर्ने योजना निर्देशक संजयलिला भन्सालीको छ । यो चलचित्रको छायांकन मुम्बइको फिल्मसिटीमा भैरहेको छ । सुटिङका क्रममा चलचित्रका कलाकार र अन्य सदस्यहरुको समय बचाउनका लागि निर्देशक भन्साली र उनको टिमले रातको समयमा छायांकन गरिरहेको छ ...